धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–६ जालीस्थित बासुदेवी स्कुल नजिक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
से१प २८५९ नम्बरको स्कुटी आफैं अनियन्त्रित भई पल्टिन गएर मंगलबार साँझतिर दुर्घटना हुँदा स्कुटी पछाडी सवार बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–४ बठौवागाउँ बस्ने २५ वर्षीय लालु चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेका छन् ।
स्कुटी र चालक धनगढी उपमहानगरपालिका–५ जाई बस्ने २५ वर्षीय रमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।