अवैध लागूऔषध खैरो हेरोइनसहित १ जना पक्राउ

धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–२ अमौरा त्रिनगरबाट लागूऔषधसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले २ ग्राम ५०० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित गोदावरी नगरपालिका–२ बस्ने २३ वर्षीय नरेश बोहरालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूपदार्थ फेला पारेको छ ।

लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...