धनगढी । अवैध लागूऔषधसहित कैलाली र बैतडीमा २ जना पक्राउ परेका छन् ।
कैलाली जिल्लाको जानकी गाउँपालिका–५ अमौरास्थित सडक खण्डबाट ८८० मिलिग्राम लागू औषध खैरो हेरोइनसहित लम्कीचुहा नगरपालिका–२ कान्छीबजार बस्ने २१ वर्षीय नबिन सिलाललाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूपदार्थ फेला पारी पक्राउ गरिएको छ ।
यसैगरी, बैतडी जिल्लाको सिगास गाउँपालिका–९ श्रीभावरस्थित खोड्पे बझाङ सडक खण्डबाट २ किलो ३९० मिलिग्राम लागूऔषध चरेशसहित बझाङको बित्थडचिर गाउँपालिका–५ बस्ने ६४ वर्षीय धौले महरलाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट ढोल्यामोड बैतडीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूपदार्थ फेला पारी पक्राउ गरिएको छ ।
लागूपदार्थ सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।