खैरो हेरोइनसहित ३ जना पक्राउ

धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–९ धनगढीगाउँ नजिकबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले १ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित स्थानीय २४ वर्षीय राज चौधरी, ३० वर्षीय संजय यादव र २९ वर्षीय सुरेन्द्र श्रेष्ठलाई शुक्रबार साँझतिर पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा आरोपीहरूको साथबाट लागूपदार्थ फेला पारी पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...