धनगढी । बैतडी जिल्लाको सिंगास गाउँपालिका–५ ढुंगाड गजेली भ्वाँ गाउँमा जंगली चितुवा पसेको छ ।
स्थानीय लालबहादुर धामीले सञ्चालन गरेको मिलन बाख्रा फर्मको झ्यालबाट जंगली चितुवा बिहीबार रातिभित्र पसेर चितुवाको आक्रमणबाट फर्मभित्र रहेका १५ वटा बाख्रामध्ये १२ वटा बाख्रा मृत अवस्थामा फेला परेका छन् भने ३ वटा बाख्रा बेपत्ता रहेका छन् ।
बाख्रा फार्ममा चितुवा पसेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी गाँजरी बैतडीबाट प्रहरी टोली खटिएको छ ।