धनगढी । अदालतबाट कैद सजाय भएर फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फैसला कार्यान्वयनको सिलसिलामा वन मुद्दामा जिल्ला अदालत कैलालीको फैसलाले १ महिना कैद सजाय र ९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका कैलालीको गौरीगंगा नगरपालिका–९ बस्ने ३८ वर्षीय महेन्द्र देउवालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझतिर उनकै घरबाट पक्राउ गरेको छ ।
यसैगरी, फैसला कार्यान्वयनको सिलसिलामा बहुविवाह मुद्दामा जिल्ला अदालत कञ्चनपुरको २०७९ असार २६ गतेको फैसलाले ११ महिना ११ दिन कैद सजाय र २० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० बस्ने ३२ वर्षीया युवती देवकी टमटालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो महेन्द्रनगर बजारबाट पक्राउ गरी अदालत समक्ष उपस्थित गराएको प्रहरीले जनाएको छ ।