झलारी । डडेल्धुराको भित्रिमधेशअन्तर्गत परशुराम नगरपालिका–४ कटालस्थित भागेश्वर माध्यमिक विद्यालयमा जारी खुला भलिबल प्रतियोगितामा शुक्लाफाँटा नगरपालिकाको छात्रा भलिबल टोलीले विजयी सुरुवात गरेको छ ।
मंगलबार भएका भलिबल प्रतियोगितामा २ टोलीलाई पराजित गर्दै शुक्लाफाँटाले विजयी सुरुवात गरेको छ ।
शुक्लाफाँटाको छात्रा भलिबल टोलीले त्रिवेणी माध्यमिक विद्यालयल र बिन्दु महिला सुनचाँदी पसल (जलजला) लाई पराजित गरेको शुक्लाफाँटाका–८ का अध्यक्ष तथा व्यवस्थापक बहादुरसिंह महराले जानकारी दिए ।
मंगलबार बिहान शुक्लाफाँटाले जलजलालाई पहिलो सेटमा २५/९ र दोस्रो सेटमा २५/७ को अन्तरले हराएको छ । दिउँसो भएको खेलमा शुक्लाफाँटाको टोलीले त्रिवेणी माध्यमिक विद्यालयलाई पहिलो सेटमा २५/२३ र दोस्रो सेटमा २५/२२ को अन्तरले पराजित गरेको छ ।
भलिबल प्रतियोगिताको टोलीमा १ जना प्रशिक्षक, १ जना व्यवस्थापक र ७ जना खेलाडी सहभागी छन् । खेलाडीमा माया खडायत, मञ्जु भट्ट, भागरथी जोशी, बबिता बोहरा, हसिना राना, शर्मिला दमाई, धाना भट्ट रहेका छन् ।
प्रशिक्षकमा लोकेन्द्र चन्द र व्यवस्थापकमा वडाध्यक्ष बहादुरसिंह महरा छन् ।
गत वर्ष भागेश्वर माध्यमिक विद्यालयमा आयोजित अध्यक्ष खुला भलिबल प्रतियोगितामा शुक्लाफाँटा नगरपालिकाको छात्रा टीम प्रथम भएको थियो ।