शुक्लाफाँटाका विद्यालयमा भोलि र पर्सि जाडो बिदा
झलारी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भोलि बिहीबार र पर्सि शुक्रबार २ दिन जाडो बिदा गरेको छ ।
मौसमी प्रतिकूलताका कारण अत्यधिक चिसो बढ्दा विद्यार्थीको पठनपाठन असहज र स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्ने भएकाले बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतले सूचना जारी गर्दै बिदा हुने जनाएका छन् ।
यस्तो छ सूचना –