महेन्द्रनगर । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कञ्चनपुरबाट कैद सजाय तोकिएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कीर्ते सरकारी छाप, दस्तखत मुद्दामा २०८० असार १७ गतेको फैसलाले ५ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएर फरार रहेका भीमदत्त नगरपालिका–६ बस्ने १९ वर्षीय बिमल बोहरालाई पक्राउ गरिएको छ ।
लागूऔषध मुद्दामा २०७९ बैशाख २५ गतेको फैसलाले २ वर्ष ११ महिना कैद सजाय र ४ हजार रुपैयाँ जरिवाना तोकिएर फरार रहेका जिल्ला कैलाली धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने २६ वर्षीय अनमोल शाहलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आईतबार पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानका लागि दुवै जनालाई कञ्चनपुर कारागार पठाइएको प्रहरीले जनाएको छ ।