बझाङका व्यक्ति लागूऔषध चरेशसहित धनगढीबाट पक्राउ

धनगढी । प्रहरीले लागूऔषध चरेशसहित धनगढीबाट १ जनालाई पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ ज्ञानु प्लाजा होटल नजिकबाट १ किलो ४० ग्राम लागूऔषध चरेशसहित बझाङ जिल्लाको चिरबिथ्थड गाउँपालिका–२ बस्ने ४० वर्षीय धनबहादुर बोहरालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा लागूपदार्थ फेला पारेको छ ।

प्रहरीले लागूपदार्थ र उनले प्रयोग गरेको मोटरसाइकलसहित उनलाई पक्राउ गरेको छ । लागूपदार्थ सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...