धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोकबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले १ ग्राम लागूऔषध खैरो हेरोइन र ४ ग्राम ४०० मिलिग्राम लागूऔषध चरेशसहित स्थानीय २८ वर्षीय दिनेश विक, १९ वर्षीय निखिल जोशी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–१ घर भई हाल धनगढी–१ एलएन चोक बस्ने २१ वर्षीय समिर सुनारलाई शुक्रबार राति पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा आरोपीहरूको साथबाट लागूपदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।