महेन्द्रनगर । प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ ।
कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–७ कलुवापुरबाट ०.८१ ग्राम लागूऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा स्थानीय १९ वर्षीय नसिब राना र २२ वर्षीय विजय राना रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रैकवार कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा नसिब रानाको घरबाट लागूपदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।