काठमाडौं । अनलाइन गेम खेलाउनका लागि लिमिट लोड गरिदिएको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न ठाउँमा डेरा गरी बस्ने सिरहाको लहान नगरपालिका–१० बोटटोल घर भएका २४ वर्षीय मिथलेश कुमार मण्डल, लक्ष्मीपुर पतारी गाउँपालिका–६ सोलुखुडी घर भएका २४ वर्षीय मुरारी शाह, लहान नगरपालिका–१ सहिदचोक घर भएका २४ वर्षीय आर्यन शाह, लहान नगरपालिका–७ दुर्गा मन्दिरचोक घर भएका २४ वर्षीय अनिष कुमार रौनियार, लहान नगरपालिका–७ दुर्गा मन्दिर चोक घर भएका २६ वर्षीय रोशन चौधरी जैसवाल, सुकिपुर नगरपालिका–२ सुकिपुर घर भएका २४ वर्षीय शिवम कुमार यादव र लहान नगरपालिका–७ चोक घर भएका २४ वर्षीय हरिशंकर चौधरी रहेका छन् ।
अवैध क्रिप्टोकरेन्सीमार्फत अनलाइन खेल खेलाएर लिमिट लोड गराइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले आरोपीहरूलाई काठमाडौं महानगरपालिका नयाँ बानेश्वर सुविधानगर, कोटेश्वर जडिबुटी लगायत क्षेत्रबाट पक्राउ गरेको छ ।
आरोपीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।