काठमाडौं । सडक दुर्घटना हुँदा भारतका पूर्व केन्द्रीय मन्त्री जसवंत सिंहकी बुहारी चित्रा सिंहको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा पूर्व मन्त्री सिंहका छोरा तथा पूर्व सांसद मानवेंद्र सिंह र उनका छोरा हमीर सिंह गम्भीर घाइते भएका छन् । उनको गाडीका चालक पनि गम्भीर घाइते भएका छन् ।
घाइते बुवाछोराको उपचार अलवरको सोलंकी हस्पिटलमा भइरहेको छ ।
दिल्लीबाट जयपुरतर्फ जाने क्रममा मुम्बई एक्सप्रेस वेमा दुर्घटना भएको बताइएको छ । प्रहरीका एसपी तेजपाल सिंहले दुर्घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।