भारतीय मिडियाले लेख्यो – नेपालबाट दिल्ली आएको व्यक्तिमा कोरोना संक्रमण देखियो

काठमाडौं । एकपटक फेरि कोरोना भाइरस संक्रमणको त्रास बढ्दै गएको छ ।

छिमेकी देश भारतमा एकपछि अर्काे नयाँ–नयाँ ठाउँमा कोरोना संक्रमित फेला पर्न थालेका छन् ।

भारतको केरलामा कोरोनाका धेरै संक्रमित फेला परेका छन् । भारतको राजधानी नयाँदिल्ली, एनसीआर र गाजियावाद क्षेत्रमा पनि संक्रमित देखिएका छन् ।

भारतीय सञ्चारमाध्यम आजतकले नेपालबाट फर्किएका व्यक्तिमा कोरोना देखिएको समाचार लेखेको छ । ‘कोरोना संक्रमित बिरामी नेपालबाट फर्केका थिए,’ समाचारमा भनिएको छ । स्वास्थ्य विभागले ४४ वर्षीय उनको नमूना संकलन गरेर थप परीक्षणका लागि पठाएको छ ।

राजस्थानमा पनि पनि संक्रमित देखिएका जनाइएको छ । चिसो बढेसँगै कोरोनाका संक्रमित बढ्दै गएका छन् ।

भारतको स्वास्थ्य विभागले खोकी, रुघा, ज्वरो देखिएका बिरामीलाई तत्कालै निगरानीमा राखेर परीक्षण गराउन अनुरोध गरेको छ ।

भारतका केरल, कर्नाटक, महाराष्ट्र, दिल्ली र गोवामा कोरोना संक्रमित बढ्दै गएका छन् ।

सम्बन्धित
Loading...