काठमाडौं । हिउँदमा चिसो मौसम बढेसँगै कोरोना भाइरस संक्रमण फैलिएको देखिएको छ ।
भारतको करेलमा एकैदिन १११ संक्रमित फेला परेका छन् भने १ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार देशभर १२७ संक्रमित देखिएकोमा केरलमा मात्रै १११ संक्रमित देखिनुलाई गम्भीर बताएको छ ।
भारतमा हाल कोरोनाका सक्रिय संक्रमित १ हजार ८२८ जना रहेका छन् । केरलमा कोरोनाको नयाँ सब–भेरियन्ट जेएन–१ फेला परेको छ ।
भारत सरकारले अंग्रेजी नयाँ वर्षको समयमा कोरोना फैलिन नदिन विशेष सतर्कता अपनाउन सुझाव दिएको छ । कोरोनाको प्रभाव बढ्न नदिन भारत सरकारले खोप लगाउने कार्यलाई पनि निरन्तरता दिएको छ ।