काठमाडौं । आमाबुवाले नै नाबालक छोरीलाई बसमुनि फालेको घटना सुन्दा पत्यार नलाग्ला तर भारतको केओझार जिल्लाको चम्पुआमा ६ महिने बालिकालाई बसमुनि फालिएको भेटिएको छ ।
चम्पुवास्थित बस स्टेन्डमा रातभर रोकिएको धबलेश्वर नामक निजी बसमुनि बालिका फेला परेकी छन् ।
रोकिएको बसमुनि बालिका फालिएको अवस्थामा फेला परेकी गाडीका सहचालक गुडु महरानाले बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गाडी चल्नुअघि नै फालिएको देखिएपछि बालिका जीवितै छिन् । झोलाभित्र बालिकालाई राखेर फालिएको अवस्थामा देखिएको र झोला खोलेर हेर्दा बालिका रोएको समाचारमा उल्लेख छ ।
सहचालकले तत्कालै स्थानीय र प्रहरीलाई खबर गरेपछि चम्पुवा प्रहरी चौकीबाट घटनास्थलमा प्रहरी पुगेर बालिकालाई उद्धार गरी नजिकैको चम्पुवा अस्पतालमा भर्ना गरेको थियो । बालिकालाई आमाबुवाले नै बसमुनि फालेको आशंका गरिएको छ ।
नाबालिका फेला परेकोबारे स्थानीय क्षेत्रमा हल्ला भइसक्दा समेत कोही सम्पर्कमा आएका छैनन् । बालिकालाई राति सलाइन, औषधि र खाना दिएपछि चिकित्सकले बालिकाको अवस्था राम्रो भएको जनाएका छन् ।
बालिकालाई हाल चम्पुआ मेडिकल सेन्टरको एनआरसी सेन्टरमा राखिएको छ । मेडिकलका स्टाफ र नर्सहरूले बालिकाको हेरचाह गरिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।