जीप दुर्घटना हुँदा बालिकाको मृत्यु, कालागाउँका ७ जना घाइते (नामसहित)

धनगढी । बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–२ कटौजपानीस्थित सिल्लेगडा कालागोरा गाउँ भित्रि सडक खण्डमा सिल्लेगडाबाट कालागोरा गाउँतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ ।

सुप प्र ०१००२ ज १५३७ नम्बरको बोलेरो जीप सडकबाट अन्दाजी ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा जीपमा सवार दोगडाकेदार गाउँपालिका–८ कालागाउँ बस्ने १५ वर्षीय मनिशा विष्टको घटनास्थलमै मृत्यु भएको छ ।

चालकसहित जीपमा सवार घाइतेहरूलाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ ।

घाइते हुनेमा कालागाउँ बस्ने चालक ३० वर्षीय भुपेन्द्र बिष्ट, ६५ वर्षीय गणेश बिष्ट, ५० वर्षीय वीरे लुहार, २६ वर्षीय घुमरा बिष्ट, ५० वर्षीय कृणा बिष्ट, ७० वर्षीय हरीमाया बिष्ट, १७ वर्षीय महेश बिष्ट रहेका छन् ।

दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...