बाँके । जिल्लाको डुडुवा गाउँपालिका–१ सन्तलिया बस्ने ३५ वर्षीया युवती सजिदा शेषको करेन्ट लागेर मृत्यु भएको छ ।
घरको आँगनमा रहेको धारोमा नुहाउने क्रममा धारामा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ ।
उनको मृत्यु सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।