धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट प्रहरीले भन्सार छलिका अवैध सामान बरामद गरेको छ ।
भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य ३५ हजार ६४० रुपैयाँ बराबरका राजस्थानी ब्लाउज १ रोल, प्याज, मिठाई लगायतका सामानहरू बरामद गरिएको छ ।
यसैगरी भजनी नगरपालिका–३ धुसीबाट अन्दाजी मूल्य ३३ हजार ४०० रुपैयाँ बराबरका चिनी, सुर्ती, बिडी, सुर्ती लगायतका सामानहरू बरामद गरिएका छन् ।
प्रहरीले जम्मा अन्दाजी मूल्य ६९ हजार ४० रुपैयाँ बराबरका सामानहरू शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।