भन्सार छलिका लाखौं मूल्यका अवैध सामान बरामद

धनगढी । प्रहरीले कैलाली–कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका अवैध सामान बरामद गरेको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट प्रहरीले अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य ३० हजार ५१० रुपैयाँ बराबरका चिनी, प्याज, मिठाई, मैदा, नरिवल, तेल, बिडी लगायतका सामान र जोशीपुर गाउँपालिका–३ मनिकापुरबाट अन्दाजी मूल्य १८ हजार ५०० रुपैयाँ बराबरका चिनी, बिडी लगायतका सामानहरू गरी जम्मा अन्दाजी मूल्य ४९ हजार १० रुपैयाँ बराबरका सामानहरू बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्कबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य १ लाख ६ हजार १०० रुपैयाँ बराबरको कोट, पाइन्ट, सुट, स्वीटर, मोजा लगायतका सामानहरू बिहीवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको छ ।

बरामद सामानहरू आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–४ ‘घ’ गाउँबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य ६० हजार रुपैयाँ बराबरको माछा बिहीबार दिउँसोतिर प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...