धनगढी । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१० तुल्सीपुर सामुदायिक वनमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
पहलमानपुर बस्ने ४० वर्षीय धनबहादुर शाहको बुधबार बिहान अन्दाजी साढे ३ बजेतिर करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि घोडाघोडी अस्पताल सुखड ल्याउँदा डाक्टरले चेकजाँच गरी मृत घोषणा गरेका छन् ।
करेन्ट लागेर घाइते भएका मोहन्याल गाउँपालिका–३ बस्ने ३६ वर्षीय दुर्गा खत्रीलाई उपचारका लागि घोडाघोडी अस्पताल सुखड हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।
करेन्ट के कति कारणले लागेको हो खुल्न नआएको र घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।