मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार व्यक्तिको मृत्यु

धनगढी । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

सुप प्र ०१००९ प ४६१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर सोमबार साँझतिर दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार बर्दगोरीया गाउँपालिका–५ बस्ने २१ वर्षीय कालु विकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय प्रदीप विकको उपचार भइरहेको छ ।

मोटरसाइकल नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...