हराएका युवक भीरमा मृत अवस्थामा फेला

डोटी । जिल्लाको बडिकेदार गाउँपालिका–२ असुरा बस्ने २२ वर्षीय राजिव मास्की मगर मृत अवस्थामा फेला परेका छन् ।

बडिकेदार–३ पातलको भीरबाट अन्दाजी ७०० मिटर तल उनी मृत अवस्थामा आईतबार दिउँसो फेला परेका हुन् ।

शनिबार दिउँसो देखी हराएर बेपत्ता भएको हुँदा खोजतलास गर्ने क्रममा उनी मृत अवस्थामा फेला परेका छन् ।

उनको मृत्यु सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...