जंगलबाट स्याउला ल्याउँदा भीरबाट लडेर महिलाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–५ बस्ने ६८ वर्षीया राजुदेवी नेपालीको भीरबाट लडेर मृत्यु भएको छ ।

घरनजिकै रहेको थानकोट जंगलबाट स्याउला ल्याउने क्रममा भीरबाट लडेर आईतबार राति उनको मृत्यु भएको छ ।

गत शुक्रबार दिउँसोतिर जंगलबाट स्याउला ल्याउने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएकी उनको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचारको क्रममा आईतबार राति मृत्यु भएको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...