कैलाली–कञ्चनपुरबाट भन्सार छलिका अवैध सामान बरामद

धनगढी । प्रहरीले कैलाली–कञ्चनपुरबाट भन्सार छलिका अवैध सामान बरामद गरेको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–२ बालुवाघाटबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य २८ हजार ८०० रुपैयाँ बराबरका कोट, स्वीटर, हाइनेक, जर्सी लगायतका सामान, धनगढी–३ त्रिनगर ब्यारेल नजिकबाट अन्दाजी मूल्य २० हजार २३० रुपैयाँ बराबरका चिनी, प्याज, चना, मिठाई, साबुन, झिल्ली, स्याम्पु, खुर्सानी लगायतका सामानहरू, धनगढी–९ बग्राकटानबाट अन्दाजी मूल्य २४ हजार ८९० रुपैयाँ बराबरको प्याज, हरियो मटर, चना, मसला, सिमला मिर्च लगायतका सामानहरू, धनगढी–१० चकमेलीघाटबाट अन्दाजी मूल्य ३५ हजार ७०० रुपैयाँ बराबरका मोबिल, भाँडाबर्तन, स्वीटर, हाइनेक, टाउजर, सुट, बिडी लगायतका सामान र टीकापुर नगरपालिका–९ खक्रौलाबाट अन्दाजी मूल्य १ लाख १० हजार रुपैयाँ बराबरको प्याज गरी जम्मा अन्दाजी मूल्य २ लाख १९ हजार ६२० रुपैयाँ बराबरका सामानहरू प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–११ विद्युत् कार्यालय नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य १ लाख १ हजार ५९५ रुपैयाँ बराबरका कपडा, जुत्ता, पोलिथिन, गुड, चिनी, मिश्री, पेठा, तेल, चियापत्ती, जिरा, दाल लगायतका सामानहरू र शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीस्थित बेलौरी सडक खण्डबाट अन्दाजी मूल्य ८० हजार ८०० रुपैयाँ बराबरका भाँडाबर्तन, प्लाष्टिकको डोरी लगायतका सामानहरू गरी जम्मा अन्दाजी मूल्य १ लाख ८२ हजार ३९५ रुपैयाँ बराबरका सामान शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।

सम्बन्धित
Loading...