दिउँसै ७ वर्षीया बालिका बलात्कृत, १० दिनपछि १ जना पक्राउ

काठमाडौं । प्रहरीले ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेको बैजनाथ गाउँपालिका–५ जिगाउँ बस्ने ३५ वर्षीय प्रेमबहादुर रावतलाई पक्राउ गरेको छ ।

रावतले ती बालिकालाई पुस २५ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट न्युसिटीबाट खटिएको प्रहरीले घटना भएको १० दिनपछि उनलाई पक्राउ गरेको छ ।

बलात्कार घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...