स्कूल बसले ठक्कर दिँदा नर्सरीमा पढ्ने ३ वर्षे बालकको मृत्यु

काठमाडौं । कास्की जिल्लाको पोखरा महानगरपालिका–२४ कास्कीकोट काउलेमा स्कूल बसको ठक्करबाट बालकको मृत्यु भएको छ ।

ग१क ४०८२ नम्बरको बाल प्रतिभा बोर्डिङ स्कूलको बसको ठक्करबाट विद्यालयको नर्सरी कक्षामा पढ्ने तेजबहादुर कार्कीको छोरा ३ वर्षीय समिर कार्कीको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

स्कूल बसबाट झरेर घरतर्फ जाने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित
Loading...