नेपालमा आएर लागूऔषध कारोबार गर्ने भारतीय युवकसहित २ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका–१ झरनासागर टोलबाट प्रहरीले लागूऔषध कारोबार गर्ने भारतीय युवकसहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ३ ग्राम २० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित भारतको पिलिभित जिल्ला टाटरगञ्ज बस्ने २८ वर्षीय ईरफान अलि समेत २ जनालाई शुक्रबार साँझ पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलडाँडी कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले शंका लागेर चेकजाँच गर्दा आरोपीहरूको साथबाट लागूपदार्थ फेला पारी भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरेको जनाइएको छ ।

लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...