बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका–१ भण्डारमा घाँस काट्ने क्रममा भीरबाट लडेर १ महिलाको मृत्यु भएको छ ।
स्थानीय श्याम रोकायाकी श्रीमती ३० वर्षीया सरिता रोकाया शुक्रबार दिउँसोतिर घर नजिकै रहेको भिनटा भीरमा घाँस काट्ने क्रममा लडेकी थिइन् ।
भीरबाट एक्कासि अन्दाजी ५०० मिटर तल खसेर गम्भीर घाइते भएकी उनको उपचारका लागि जिल्ला अस्पताल बझाङमा ल्याएर डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेका हुन् ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।