धनगढी । कैलाली जिल्लाको बर्दगोरीया गाउँपालिका–६ मुडास्थित कच्ची सडक खण्डबाट प्रहरीले ११ किलो १०० ग्राम सालकको खपटासहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले भजनी नगरपालिका–८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरी र जोशीपुर गाउँपालिका–४ बस्ने ३२ वर्षीय प्रेम चौधरीलाई पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय र ईलाका प्रहरी कार्यालय सुख्खड कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सालकको खपटा फेला पारी खपटा र मोटरसाइकलसहित पक्राउ गरिएको छ ।
आवश्यक कारवाहीका लागि सालकको खपटासहित डिभिजन वन कार्यालय पहलमानपुर कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ ।