धनगढीमा भन्सार छलिको चिनीसहित अवैध सामान बरामद

धनगढी । कैलालीको धनगढी उपहानगरपालिका–२ ब्यारेल नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरेर ल्याएका सामान बरामद गरिएको छ ।

अन्दाजी मूल्य ४० हजार १३० रुपैयाँ बराबरको चिनी, प्याज, मिठाई, ललिपप, नरिवल, बदाम लगायतका सामान बरामद गरिएको छ ।

यसैगरी धनगढी–३ मित्रनगरबाट अन्दाजी मूल्य ३६ हजार १५० रुपैयाँ बराबरको चिनी, नरिवल, मिठाई, सुर्ती, मसला, धनियाँ लगायतका सामान बरामद गरिएको छ ।

यी सामानहरू बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको छ ।

सम्बन्धित
Loading...