सामुदायिक वनमा लुकाएर राखेको लागूऔषधसहित १ जना पक्राउ

धनगढी । कैलालीको गोदावरी नगरपालिका–१ चैतनपुरबाट १ ग्राम ५०० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित १ जना पक्राउ परेका छन् ।

प्रहरीले गोदावरी–२ बस्ने २४ वर्षीय प्रमोद चौधरीलाई बुधबार साँझ पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागेर सोधपुछ गर्दा चैतनपुर सामुदायिक वनमा लुकाइछिपाई राखेको अवस्थामा लागूपदार्थ फेला पारी उनलाई पक्राउ गरेको छ ।

लागूपदार्थ सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...