गौशाला २६ को चरित्र हत्या गरेको आरोपमा १ जना पक्राउ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएको बलात्कार प्रकरणकी पीडित महिला गौशाला २६ को चरित्र हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले संखुवासभाको चिचिला गाउँपालिका–२ स्थायी घर भएका ३२ वर्षीय केशरमान राईलाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबूक र यूट्युबमा नाम, ठेगाना र तस्वीर सार्वजनिक गरी दुःख हैरानी तथा मानसिक आघात पुर्याएको भन्ने पीडितको उजुरीको आधारमा साइबर व्यूरोबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनी संलग्न भएको पाइएपछि ब्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय संखुवासभाको सहयोगमा उनलाई पक्राउ गरेको छ ।
उनीउपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।