धनगढी । कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका सामान प्रहरीले बरामद गरेको छ ।
अन्दाजी मूल्य ४० हजार रुपैयाँ बराबरका लेडीज सुट पिस सोमबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।