बझाङमा मध्यराति भूकम्पको धक्का, केन्द्रविन्दु कुन पालिका ?

चैनपुर । बझाङ जिल्लामा भूकम्पको धक्का महसूस गरिएको छ ।

शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छबिसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको छ ।

बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ । सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुलाचौरमा आएर फेरि घर फर्किएका छन् ।

सम्बन्धित
Loading...