बझाङमा भूकम्पको धक्का महसूस

बझाङ । बझाङ जिल्ला केन्द्रबिन्दु भएर फेरि भूकम्पको धक्का महसूस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बुधबार राति १०ः०४ बजेमा बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

बझाङ केन्द्रबिन्दु बनाएर असोज १६ गते ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता बझाङ केन्द्रबिन्दु बनाए भूकम्पका पराकम्प जाने क्रम जारी रहेको छ ।

सम्बन्धित
Loading...