मध्यरातिको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा कम्तीमा १४४ जनाको मृत्यु

सुर्खेत । मध्यराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा कम्तीमा १४४ जनाको मृत्यु भएको छ ।

जाजरकोटमा ९२ र रुकुम पश्चिममा ५२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रुकुम पश्चिमको आठबीस नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले ५२ जनाको मृत्यु भएको जानकारी दिइन् । उनका अनुसार ११, १२, १३ र १४ नम्बर वडा प्रभावित बनेका छन् । भूकम्पले रुकुम पश्चिम र जाजरकोटमा ठूलो क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोस रोकाले भूकम्पमा परी जाजरकोटमा ९२ जनाको मृत्यु भएको जानकारी दिए । मृतकमध्ये ६६ जना महिला र २६ जना पुरुष रहेका छन् ।

गएराति ११ः४७ बजेमा ६.४ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आज बिहान ४ः१६ बजे ४.६ रेक्टर स्केल, १२ः३५ बजे ४.३ रेक्टर स्केल, १२ः२९ बजे ४.२ रेक्टर स्केल, १२ः०८ बजे ४.५ रेक्टर स्केलका भूकम्प गएका छन् ।

सम्बन्धित
Loading...