काठमाडौं । धादिङको मैदी केन्द्रबिन्दु भएर आज आईतबार बिहानै भूकम्पको धक्का महसूस गरिएको छ ।
बिहान ८ः२३ मिनेट जाँदा ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का धादिङ, नुवाकोट लगायतका पहाडी क्षेत्रमा महसूस गरिएको केन्द्रले जनाएको छ ।