जापानमा रोजगारीका लागि पठाउन धनगढी उपमहानगरद्वारा सम्झौता, को–को जान पाउँछ ?

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले रोजगारीका लागि जापान पठाउन जापान इन्टरनेसनल को–अपरेसन एजेन्सी (जाइका) सँग सम्झौता गरेको छ ।

जापानमा रोजगारीका लागि पठाउन धनगढी उपमहानगरपालिकाको तर्फबाट नगर प्रमुख (मेयर) गोपाल हमाल र जाइकाको तर्फबाट प्रोजेक्ट म्यानेजर राजनकुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

मेयर हमालले ३५ वर्ष ननाघेको र कम्तीमा एसएलसी (एसईई) पास भएको व्यक्तिले रोजगारीका लागि काम गर्ने भिसामा जापान जान पाउने जानकारी दिए । उनले इच्छुक व्यक्तिले रोजगार शाखामा सम्पर्क गर्न आह्वान गरेका छन् ।

रोजगारीका लागि जापान जान १ महिना बराबरको तलब र हवाई टिकट खर्च लाग्ने जानकारी दिए ।

सम्बन्धित
Loading...