बसको ठक्करबाट बालकको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से१क ९९९ नम्बरको बसको ठक्करबाट चालकको मृत्यु भएको छ ।

दुर्घटनामा स्थानीय गजेन्द्र कुँवरका छोरा ३ वर्षीय कार्तिक कुँवरको बुधबार साँझतिर मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा उपचारको लागि ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको छ । बस र बस चालक भीमदत्त–१८ बस्ने ६१ वर्षीय रामबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित
Loading...