काठमाडौं उपत्यकामा संक्रमण फैलिएपछि मेयरहरूको कडा कदम, यी हुन् ११ निर्णय

काठमाडौं । संघीय राजधानी काठमाडौंमा कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि स्थानीय तहहरूले कडा कदम चाल्ने निर्णय गरेका छन् ।

उपत्यकाको नगरपालिका मेयर फोरमको सोमबारको बैठकले आगामी १५ दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

बैठकपछि निर्णयहरू सुनाउनुहुँदै भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले उपत्यकाभित्र समु्दाय स्तरमा संक्रमणको उच्च जोखिम देखिएकाले भीडभाड कम गर्न अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको बताउनुभयो ।

बैठकले सार्वजनिक यातायात पूर्ण रूपमा सञ्चालन भएपछि संक्रमण तीब्र गतिमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

कलकारखाना, उद्योग धन्दाहरू, निर्वाध रुपमा सञ्चालन भइरहे मजदुरहरूको दैनिक आवतजावत बढ्दा संक्रमणको जोखिम पनि बढेकोले उद्योग तथा कलकारखाना भित्रै क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय गरिएको छ । सामाजिक सुरक्षा भत्ता प्रायोजनको लागि नवीकरण गर्ने म्याद साउन मसान्तसम्म रहेकोमा असोज मसान्तसम्म कायम गर्न सरकारलाई अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यस्ता छन् बैठकका निर्णयहरू

सम्बन्धित
Loading...