सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा गर्ने प्रदेश सरकारको निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भोलि बिहीबार प्रदेशभर सार्वजनिक बिदा गरेको छ ।

प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा गर्ने निर्णय गरेको छ ।

बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । भुवा पर्व बाजुरा र बझाङमा उल्लासपूर्वक मनाइन्छ ।

सम्बन्धित
Loading...