भूकम्पले तलकोटमा क्षति : पालिका कार्यालयकै जमिन चिरा पर्‍यो, वडा कार्यालय ध्वस्त

धनगढी । सुदूरपश्चिमभर हल्लाउने गरी आएको भूकम्पको धक्काले बझाङको तलकोट गाउँपालिकामा क्षति पुर्‍याएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर भण्डारीले भूकम्पले क्षति गरेको जानकारी आइरहेको बताइन् ।

‘गाउँपालिका कार्यालय अगाडिकै जमिन चिरा परेको छ,’ राम्रोन्युज डट्कमसँग कुरा गर्दै उनले भनिन्, ‘१ नम्बरको सुनिकोटको वडा कार्यालय भवन नै ध्वस्त भयो भन्ने खबर छ ।’

आफूहरू गाउँपालिका कार्यालयमै रहेको र अन्य क्षतिको विवरण संकलन गरिरहेको उनले बताइन् ।

बझाङको चैनपुर केन्द्रबिन्दु भएर दिउँसो ३ः०६ बजे ६.३ म्याग्निच्युड र दिउँसो २ः४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको जनाइएको छ ।

सम्बन्धित
Loading...