इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले २/२ लाख राहत दिने

काठमाडौं । इजरायलमा भएको आतंककारी हमलामा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही २/२ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नगद दिने घोषणा गरेका हुन् ।

हमासको आक्रमणमा सुदूरपश्चिमका ७ जना विद्यार्थीको ज्यान गएको छ । केही विद्यार्थी अझै सम्पर्कविहीन रहेका त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री शाहले खोजी र उद्धार र शव फिर्ता ल्याउन सम्बन्धित सबैमा अनुरोध समेत गरेका छन् ।

सम्बन्धित
Loading...