भूकम्पले सुदूरपश्चिमका कुन जिल्लामा कति क्षति ? यस्तो छ आधिकारिक रिपोर्ट

धनगढी । सुदूरपश्चिमको बझाङ जिल्लालाई केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो आएको भूकम्पले विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रेषित गरेको विवरणअनुसार भूकम्पमा परेर १ जना बेपत्ता भएका छन् भने २७ जना घाइते भएका छन् ।

निजी घरमध्ये ७६ घरमा पूर्ण क्षति र ३०२ घरमा आंशिक क्षति भएको छ । सरकारी भवनतर्फ ३३ ठाउँमा आंशिक क्षति भएको छ ।

भूकम्पले बझाङमा सबैभन्दा बढी क्षति भएको छ भने तराईका जिल्ला कैलाली–कञ्चनपुरमा कुनै क्षति भएको छैन ।

भूकम्पबाट प्रभावित स्थानमा नजिकको प्रहरी युनिटहरूबाट प्रहरी टोली खटिई गई खोजतलासका साथै आवश्यक उद्वार कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

यस्तो छ क्षतिको आधिकारिक विवरण –

सम्बन्धित
Loading...