धनगढी । कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली ल्याएका सामान बरामद गरेको छ ।
धनगढी उपमहानगरपालिका–४ दक्षिणकालीमा अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ५० हजार रुपैयाँ बराबरका जुत्ता, धनगढी–२ ट्राफिक चोकबाट अन्दाजी २२ हजार रुपैयाँ बराबरका लेडिज सुट, कुर्ती लगायतका सामान बरामद गरिएको छ ।
धनगढी उपमहानगरपालिका–३ पुरानो भन्सार कार्यालय नजिकबाट अन्दाजी २३ हजार ५०० रुपैयाँ बराबरका लेडिज सुट, कुर्ती, साडी, चिनी लगायतका सामान र भजनी नगरपालिका–३ कर्मदेवघाटबाट अन्दाजी २३ हजार १०० रुपैयाँ बराबरको चिनी, सुर्ती, ललिपप लगायतका सामान गरी अन्दाजी १ लाख १८ हजार ६०० रुपैयाँ बराबरका सामानहरू बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडाबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ४२ हजार ५८४ रुपैयाँ बराबरका बिष्कुट, नमकिन, गुट्का, प्लाष्टिक लगायतका सामानहरू बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।