भन्सार छलीका अवैध सामान मोजा र कट्टुसहित १ जना पक्राउ

धनगढी । प्रहरीले कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलीका अवैध सामान बरामद गरेको छ ।

कैलालीको कैलारी गाउँपालिका–७ खैरहुवा सामुदायिक वनबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी मूल्य १ लाख ११ हजार ३५० रुपैयाँ बराबरको चप्पल, जुत्ता, मोजा, हातको पन्जा, पेन्टी कट्टु, लेडीज कपडा, १ मोटरसाइकलसहित कैलारी–३ शिवरत्नपुर बस्ने २२ वर्षीय डिगम्बर चौधरीलाई पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ भन्सार कार्यालय नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली गरेर ल्याएको अन्दाजी मूल्य ६५ हजार ५०० रुपैयाँ बराबरको चिनी, प्याज, कस्मेटिक लगायतका सामानहरू मंगलबार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–७ बरैयाबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य २८ हजार रुपैयाँ बराबरको माछा मंगलबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी माछा नष्ट गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...