लागूऔषध चरेश फेला परेपछि होटल सञ्चालकसहित ३ जना पक्राउ

धनगढी । कैलाली जिल्लाको चुरे गाउँपालिका–५ खानीडाँडास्थित झालपोखरीमा रहेको होटलबाट ४ किलो लागूऔषध चरेशसहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा होटल सञ्चालक ५० वर्षीय गोरे जागरी, बझाङको बुङ्गल नगरपालिका–१ बस्ने ३८ वर्षीय कर्णबहादुर धामी र बुङ्गल नगरपालिका–२ बस्ने ३३ वर्षीय अमर धामी छन् ।

गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, ईलाका प्रहरी कार्यालय मालाखेती, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट खानीडाँडा कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले होटलमा खानतलासी गर्दा लुकाइछिपाई राखेको अवस्थामा लागूपदार्थसहित तराजु, १ किलोको ढक, आधा किलोको ढक समेत फेला पारी तीनै जनालाई पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...