शुक्लाफाँटाको सूर्याेदयलाई जिल्ला प्रथम बनाउने यी हुन् विद्यार्थी खेलाडीहरू (नामावलीसहित)

झलारी । कञ्चनपुरमा आयोजित १२औं प्याब्सन महोत्सवअन्तर्गत भएका खेलकुद प्रतियोगितामा शुक्लाफाँटा नगरपालिका–१ को सूर्याेदय पब्लिक स्कूलले प्रथम स्थान हासिल गरेको छ ।

महेन्द्रनगरको कबर्ड हलमा भएको महोत्सवमा सूर्योदय पब्लिक स्कूलले सबैभन्दा बढी स्वर्ण पदक जितेको छ । प्रथम भएको सूर्याेदयले १८ स्वर्ण जित्दा दोस्रो भएको इन्टरनेसनलले ८ स्वर्णमै चित्त बुझाएको छ ।

सूर्योदय १८ स्वर्ण, ८ रजत र र ६ कास्यसहित ३२ पदक जितेर प्रथम भएको छ । महोत्सवमा ८ स्वर्ण, ८ रजत र ६ कास्यसहित २२ पदक जितेर इन्टरनेसनल पब्लिक स्कूल दोस्रो र ७ स्वर्ण, ६ रजत र ७ कास्यसहित २० पदक जितेर डायमण्ड पब्लिक एकेडेमी तृतीय भएको छ ।

सूर्याेदयलाई प्रथम बनाउन विद्यार्थी खेलाडीले विभिन्न विधामा पदक जितेका छन् । महोत्सवमा माध्यमिक तहतर्फ राममिलन राना (छात्र) र वविता विष्ट (छात्रा) उत्कृष्ट एथलेटिक्स घोषणा भएका छन् ।

यी हुन् पदक जित्ने खेलाडीहरू –

स्वर्ण पदक
१. राममिलन राना – १०० मिटर दौड, ४०० मिटर दौड र ट्रिपल जम्प
२. वविता विष्ट – १०० मिटर दौड, २०० मिटर दौड र हाई जम्प
३. सुमित्रा चन्द – १५०० मिटर दौड
४. लोकेश ऐडी – ज्याब्लिङ थ्रो
५. पूजा साउँद – शटपुट, ज्याब्लिङ थ्रो
६. आशिष चौधरी – लङ्गजम्प
७. कृष्णप्रसाद अवस्थी – ब्याटमिन्टन
८. राममिलन राना, सुशिल महरा, आयुषराज भट्ट, जीवन चौधरी – मावि तह १००–४ मिटर रिले दौड
९. राममिलन राना, निराजन बम, देवसिंह राना, पवन विष्ट – मावि तह ४००–४ मिटर रिले दौड
१०. वविता विष्ट, अस्मिता राना, रेखा भट्ट, लक्ष्मी विष्ट – मावि तह ४००–४ मिटर रिले दौड
११. वविता विष्ट, चन्द्रा बलायर, पूजा साउँद, रविता चन्द – मावि तह १००–४ रिले दौड
१२. छात्र भलिबल – रोशन विष्ट, दिनेश विष्ट, तेज विष्ट, दिपेश कार्की, अनिल विष्ट, मनोज बोहरा, दिनेश पन्त, लक्ष्मण भट्टराई, पवन जाग्री
१३. आशिष चौधरी, हिमाल बोहरा, अनिरुद्र राना, ललित भण्डारी – आधारभूत तह १००–४ मिटर रिले दौड

रजत पदक
१. अस्मिता राना – ४०० मिटर दौड
२. देवसिंह राना – ८०० मिटर दौड
३. लोकेश ऐडी – शटपुट
४. कृष्णप्रसाद अवस्थी, रोहित पन्त – आधारभूत तह ब्याटमिन्टन
५. आशिष चौधरी – १०० मिटर दौड आधारभूूत
६. दीपक चन्द – शटपुट आधारभूत
७. छात्रा भलिबल – अस्मिता पन्त, शान्ति साउँद, पुनम कुँवर, जेनिषा भाट, निलम भण्डारी, पुष्पा धामी, पवित्रा साउँद, अञ्जु पन्त, अञ्जली बोहरा
८. निराजन बम – १५०० मिटर दौड

कास्य पदक
१. रेखा भट्ट – ८०० मिटर दौड
२. रविता चन्द – ट्रिपल जम्प
३. पवन विष्ट – हाई जम्प
४. सृष्टि ऐर – ज्याब्लिङ थ्रो आधारभूत तह
५. अनुराग राना – २०० मिटर दौड
६. दिरिश हमाल, राजेश हमाल – ब्याटमिन्टन डबल

सम्बन्धित
Loading...